
प्योङयाङ, असोज ३ । उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् २०३२ को गृष्मकालीन ओलम्पिक संयुक्त रुपमा आयोजना गर्ने सहमति भएको छ ।
तीनदिने भ्रमणका क्रममा उत्तर कोरिया पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच उक्त सहमति भएको हो ।
प्योङयाङमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा शान्तिको दिन शुरु भएको जानकारी दिँदै उत्तर कोरिया र दक्षिणबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास ब्यक्त गरे ।
यी दुई देशबीच संयुक्त सैन्य संरचना बनाउने पनि सहमति भएको छ भने दुई देशबीच रेल सेवा बिस्तार गर्ने पनि सहमति भएको छ । पत्रकार सम्मेलनकै बीच उत्तर कोरियाली नेता किम जोङ उनले निकट भविष्यमा नै आफूले दक्षिण कोरियाको भ्रमण गर्ने पनि स्पष्ट पारे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्