
काठमाडौं । लगातार ४ दिनको गिरावट पछि सोमबार शेयर बजारमा दोहोरो अंकले बढेको छ ।
२३ अंकले उकालो लागेको बजार २६ सय ५३ विन्दुमा पुग्यो ।
कारोवारमा आएका १३ उप समूह मध्ये होटल तथा पर्यटन, जीवन बिमा र व्यापार समूह सामान्य अंकले रातो रहे बाहेक अरु समूह हरियो रहेको नेप्सेले जनाएको छ ।
जसमध्ये जलविद्युत र अन्य समूहमा २ प्रतिशत माथिको वृृद्धि आउँदा लगानी समूहमा १ प्रतिशतले बढेको छ । सोमबार १ सय ९१ कम्पनीको शेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । करिब आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको आजको बजारमा राधि विद्युत कम्पनीको शेयर सर्वाधिक ६२ करोड २८ लाखको खरिद बिक्रि भएको छ ।
सोमबार ३ सय ६५ कम्पनीको १ करोड ७५ लाख बढी कित्ता शेयर ८ अर्ब ६८ बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्