
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।
सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।
प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उहाँले सत्तारुढ दलहरुले गृहमन्त्रीकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिनुभयो । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद खुलाएर अघि बढ्नुपर्ने प्रश्ताव राखेकोमा सत्तापक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताउनुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताउनुभयो ।
मंगलबारदेखि संसदको कारबाही अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्