
फाइल तस्बिर
एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।
बाइडेनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्यान्सर भएको जानकारी दिएको छ ।
८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित लक्षणहरू देखिएपछि आफ्नो स्वास्थ्य परीक्षण गराउन डाक्टरकहाँ गएका थिए । परीक्षणपछि उनलाई शुक्रबार क्यान्सर भएको पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्