Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सुरक्षा र न्याय पहुँच अभिवृद्धिसम्बन्धी दुई दिने पत्रकारिता तालिम सम्पन्न


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, असोज ३ । सुरक्षा र न्याय पहुँच अभिवृद्धि विषयक दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

विपन्न र सिमान्तकृत समुदायको न्याय सुरक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको आयोजना तथा सर्च फर कमन ग्राउन्डको सहयोगमा कपिलबस्तुको सदरमुकाम तौलिहवामा सोमबार शुरु भएको तालिम  आज सम्पन्न भएको हो ।

कार्यक्रममा सर्च फर कमन ग्राउण्डका फिल्ड संयोजक राजेन्द्र अधिकारी, पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव, प्रेस संगठनका केन्द्रिय सदस्य मनिष कार्की, प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारी, कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता लगायतको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ, कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको तालिम समापनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं प्रदेश नं ५ का संयोजक बसन्त गिरीले तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतार्दै अन्यायमा परेकालाई न्यायको पहुँचमा पु¥याउनु पर्ने पत्रकारको धर्म रहेको बताए । तालिम पश्चात पत्रकारहरुले विपन्न तथा सिमान्तकृत समुदायका सवालहरु जनसमक्ष पु¥याई राज्यको ध्यानाकृष्ट गर्ने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी नगरपालिकाकी उपप्रमुख गुप्ता तथा, प्रेस युनियन कपिलवस्तुका अध्यक्ष भण्डारीले पत्रकारीता पेशालाई ईमान्दारीताका साथ अघि बढाउदै यस तालिमले संचार जगतलाई तिखार्नु पर्ने बताए ।

तालिममा संघका केन्द्रिय सदस्य गिरी, शाखाका कार्य समिति सदस्य जानु पाण्डे र प्रहरी नायव उपरीक्षक रवि रावल, अधिवक्ता भोलाप्रसाद विश्वकर्मा लगायतले मिडियाको भुमिका र प्रभाव, द्वन्द्व र हिंसा, समाचारका आधारहरु, खोज पत्रकारिताको सुचक, कमन ग्राउण्ड अप्रोच, शान्ति पत्रकारिता, समता र असामनता लगायतका विषयमा सहजिकरण गरेका थिए ।

कपिलबस्तुका विभिन्न संचार माध्यममा आवद्ध २५ जना पत्रकारहरूको सहभागीता रहेको थियो ।