
काठमाडौं । भारतीय क्रिकेट स्टार विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले यस्तो जानकारी दिएका हुन् । टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको १४ वर्ष भएछ भन्दै उनले यो फम्र्याटले आफूलाई यति लामो यात्रा गराउँछ भन्ने कहिल्यै नसोचेको लेखेका छन् ।
यति लामो यात्राले आफूलाई जीवनभर काम लाग्ने पाठहरू सिकाएको भन्र्द कोहलीले अब भने यो यात्रामा विश्राम लगाएको घोषणा गरेका छन् । उनले १२३ टेस्ट खेलमा नौ हजार २३० रन बनाएका छन् ।
जसमा ३० शतक छन् भने उनको सर्वाधिक स्कोर अविजित २५४ रन रहेका छ । कप्तानका रूपमा उनले ६८ टेस्टमा टोलीको नेतृत्व गरेका थिए । ती खेल मध्ये भारतले ४० खेल जितेको थियो भने १७ मा हार बेहो¥योको थियो । कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरू मध्ये पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्