२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट


442
Shares

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ ।

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख रानाभाटले यस्तो बताउनुभएको हो ।

पूर्वसभामुख रानाभाटले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको बताउनुभयो ।

पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको बताउनुभयो । उहाँले यसलाई मेटाउन सक्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताउनुभयो ।

पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताउनुभयो । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताउनुभयो ।