
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास पैदा गर्न नसकेको अरोप लगाउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद श्रेष्ठले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्था र आवश्यकतालाई सम्बोधन नगरेको बताउनुभयो । नीति तथा कार्यक्रममा समस्या समाधान गर्ने कुनैपनि ठोसपन नभएको बताउनुभयो ।
सांसद श्रेष्ठले देशको अवश्यकतालाई सम्बोधन गर्ने गरी आफ्नो पार्टीको विगतको सरकारले क्रमभंगताको दिशामा पहल गरेको भएपनि अहिलेको नीति तथा कार्यक्रम यथास्थितिवादलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई परम्परागत निबन्धको संज्ञा दिनुभयो ।
सांसद श्रेष्ठले अङ्कको हिसावले वर्तमान सरकार वैधानिक भएपनि औचित्य गुमाउँदै गएको सरकारको नीति तथा कार्यक्रम भएकाले गम्भीरतापूर्वक छलफल गर्नु आवश्यक नभएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्