
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ
सोमबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा सोमबार र मंगलबार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्