सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा पुग्ने पुरुषको संख्या बढ्दै गएको छ ।
नयाँ संहिता लागू भएपछिको पछिल्लो अवधिमा जिल्ला अदालत सिन्धुलीमा सम्बन्ध विच्छेदका लागि परेका ९ वटा निवेदन मध्ये पुरुषले ३ वटा दर्ता गराएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।
संहिता कार्यान्वयन हुनुअघि पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहेमा स्थानीय तह हुँदै अदालत जानुपर्ने झन्झटिलो व्यवस्था रहेको थियो ।
तर अहिले सहज रुपमा अदालतमा पुग्न सकिने व्यवस्था कानुनले दिएपछि पुरुषहरु पनि सम्बन्ध विच्छेदका लागि अदालतमा धाउन थालेका छन् ।
त्यसैगरी कतिपय महिलाले अंश विना नै सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा निवेदन दिएका छन् ।
सिन्धुलीमा प्रत्येक वर्ष सम्बन्धविच्छेदका मुद्धा दर्ता हुने क्रम बढेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा सम्बन्ध विच्छेदका ७४ वटा मुद्दा दर्ता भएकोमा २०७४/७५ मा बढेर ९४ पुगेको जिल्ला अदालतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्