Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


प्रतिनिधि सभाको बैठक बस्दै


364
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रश्तुत गर्नुहुने, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

Skip This