काठमाडौं । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताउनुभयो । उहाँले विधेयकमा भएको भाषिक त्रुटीटलाई अन्तिममा मिलाउने सहमति भएको बताउनुभयो । उहाँले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने बताउनुभयो । उहाँले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानून संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताउनुभयो ।
सभापति सिंहले विद्युत क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरि विधेयक आउने दाबी गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्