१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन


0
Shares

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन भएको छ ।

सिरियाका लागि उडेको इलाभेन–ट्वान्टी सैनिक विमान उडान भरेको केही मिनेटमै सिरियाको मेडिटेरानियन समुद्रमाथि बेपत्ता भएको रुसी अधिकारीहरुले बताएका छन् । 

सिरियाली राष्ट्रपति बसर अल असदको आग्रहमा रुसले सिरियालाई सहयोग गर्दै आएको छ ।

सो सैन्य विमान पनि सिरियाको सहयोगका लागि नै उडेको बताइएको छ । बिमानको खोजी भइरहेको छ ।(एजेन्सी)