१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिबीच प्योङयाङमा भेटवार्ता


0
Shares

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ ।

वार्ताका लागि तीन दिने भ्रमणमा उत्तर कोरियाका पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुनलाई प्योङयाङमा नेता किमले स्वागत गरेका छन् ।

कुनै पनि दक्षिण कोरियाली नेताले उत्तर कोरियाको राजधानी भ्रमण गरेको यो दशकौं यता पहिलो पटक हो ।

वार्ता कोरियाली प्रायद्विपको निशस्त्रीकरणका लागि व्यवहारिक उपायका विषयमा केन्द्रित हुने अनुमान गरिएको छ ।

यस वर्षको शुरुदेखि नै उत्तर कोरियाले शत्रुतापूर्ण सम्बन्ध रहेको छिमेकी दक्षिण कोरिया र अमेरिकासँगको वार्तालाई प्राथमिकता दिँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्ता भएको थियो ।

त्यसअघि गत अप्रिलमा किम ऐतिहासिक वार्ताका लागि दक्षिण कोरिया पुगेका थिए ।

सन् १९५३ मा कोरियाली युद्ध अन्त्य भए पनि दुई मुलुकबीच औपचारिक शान्ति सन्धी भएको छैन ।(एजेन्सी)