१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकाद्वारा चिनियाँ वस्तुमाथि अहिलेसम्म कै धेरै नयाँ अतिरिक्त कर


0
Shares

काठमाडौं । अमेरिकाले चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै नयाँ अतिरिक्त कर लगाएर व्यापारिक युद्धलाई तीब्र पारेको छ ।

नयाँं अतिरिक्त कर २ सय विलियन डलर रकमको रहेको छ । चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ ।

यस्ता वस्तुमा हाते व्याग, चामल, टेक्सटायल, स्मार्ट घडी लगायतका छन् ।

सेप्टेम्बर २४ बाट लागू हुने नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो । बेइजिङले चिनियाँ बस्तुमाथि अमेरिकाले लगाउने नयाँ करको जवाफ दिने जनाइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको गलत व्यापारिक अभ्यास विरुद्ध नयाँ कर लगाइएको तर्क गर्नुभएको छ ।

अमेरिकी पछिल्लो निर्णयको जवाफ चीनले दिए उमाथि २ सय ६७ विलियन डलरको नयाँ अतिरिक्त कर लगाउने ट्रम्पको धम्की छ ।

यो तहको नयाँ करले सबै चिनियाँ बस्तुको आयातमा थप कर लाग्ने बताइएको छ ।

यसअघि पनि अमेरिका र चीनले एक अर्काका मुलुकबाट आयात हुने वस्तुमाथि नयाँं कर लगाएर व्यापारिक युद्ध जारी राखेका थिए ।(एजेन्सी)