Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


कपिलबस्तुमा पनि निर्मला पन्त हत्याको बिरोध प्रदर्शन


0
Shares

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु । निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आज कपिलबस्तुमा पनि बिरोध प्रर्दशन भएको छ ।

देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै विभिन्न संघसंस्थाहरुले सोेमबार कपिलबस्तुको शिवराज नगर पालिका चन्द्रौटामा बिरोध प्रर्दशन गरेका हुन् ।

राष्टिय मानव अधिकार प्रतिष्ठान कपिलबस्तुको अगुवाहीमा बिभिन्न संघ सस्थाको एक्यबद्धतामा  मौन प्रदर्शन भएको हो ।

कञ्चनपुरका निर्मला पन्तको बलत्कार पछि हत्या भएको ५३ दिन सम्म पनि अपराधी पक्राउ नपरेको भन्दै दोषीलाई प्रकाउ गरी कारवाहीको माग गर्दै कालोपट्टी हातमा बाधेर बिरोध प्रदर्शन गरेका हुन ।

चन्द्रौटा चौकबाट निकालिएको र्‍याली इलाका प्रशासन कार्यलय अगाडी पुगी कोणसभा गरी समापन भएको थियो ।