१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख प्रभावित


0
Shares

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ ।

लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ ।

आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ । आँधीसँगैको भारी वर्षाका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।

हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ सय ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन् ।

आँधीकै कारण हवाई सेवाहरु अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति बन्द भएको छ ।

मौसमविद्हरुले भारी बर्षा अझै केही दिन रहनसक्ने भएकाले सर्वसाधारणलाई सचेत हुन अपिल गरेका छन् ।(एजेन्सी)