३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु


884
Shares

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट दक्षिणी सहर आयाकुचो जाँदै गरेको बस सडकबाट ६ सय ५० फिटभन्दा गहिरो खाडलमा खसेर दुर्घटना भएको हो ।

घटनामा १३ जना घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेको पेरुको गृह मन्त्रालयले जनाएको छ । घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

पेरुको पहाडी इलाकामा केही वर्षदेखि सडक दुर्घटना बढ्दै गएको छ । यसअघि सन् २०२१ मा पेरुको एन्कासमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने पछिल्लो समय सन् २०२२ मा उत्तरी पेरुको पाताज प्रान्तमा भएको दुर्घटनामा पनि २० जनाको मृत्यु भएको थियो ।