१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै


624
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने हुनुभएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने हुनुभएको हो ।

नेपाली काँग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउने भएको छ । सरकारमा क–कसलाई पठाउने भन्नेमा काँग्रेस र एमालेको शीर्ष नेतृत्वले आन्तरिक छलफल गरेको छ ।

एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् ।
यसै गरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार मन्त्रालय, देवेन्द्र दाहाल भौतिक योजना मन्त्रालय पाउने छन् । । शिक्षा मन्त्रालयको जिम्मा विद्या भट्टराईलाई छ भने रक्षा मन्त्रालय मानवीर राईले पाउने भएका छन् ।

यसैगरि उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहे पनि पछि नाम फेरिएको बुझिएको छ ।

यस्तै नेपाली काँग्रेसको संस्थापनइतर समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । काँग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ ।