Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


नेपाली खेलाडी स्वदेश फिर्ता


481
Shares

काठमाडौं । टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

टिम बुधबार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

ट २० विश्वकप अन्तर्गत नेपालले ३ खेल खेलेको थियो । समूह डिमा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको थियो । सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्ध हुँदा एक/एक अंक बाँडेको थियो ।