Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सरकारको नीति तथा कार्यक्रम परम्परागत : रमेश लेखक


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभएको छ ।

प्रमुख सचेतक लेखकले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको उहाँको जिकिर थियो ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह भर्न नसकेको बताउनुभयो । उहाँले सहकारी ठगीलाई कारबाही गर्ने, देशको संकुचनमा रहेको आर्थिक अवस्थालाई उकास्ने तथा रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गर्ने लगायतका विषयमा पनि नीति तथा कार्यक्रममा केही उल्लेख नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रममा उत्साह भर्ने खालको कुनैपनि कार्यक्रम नभएको बताउनुभयो ।