Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : अध्यक्ष ओली


351
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल हुने सम्भावना नरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै नसक्ने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भुमिका खेल्नुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भिर भएर लाग्नुपर्ने समेत बताउनुभयो ।