१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकामा फ्लोरेन्स समुन्द्री आँधीले थुप्रै मानिसको मृत्य हुन सक्ने चेतावनी


0
Shares

काठमाडौं । अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन् ।

फ्लोरेन्स आँधीको रफ्तार १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।

भर्जिनीया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको छ ।

आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमि नहुने अधिकारीहरुको भनाइ छ ।

मौसम वैज्ञानिकहरुले फ्लोरेन्सको बास्तविक असर स्थानीय समयअनुसार शुक्रबारको साँझ देखिने छ ।

क्षतिको आशंकामा उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झण्ठै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ ।(एजेन्सी)