४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


कालीगन्डकी किनारमा महिलाको शव फेला


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, भदौ २८ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित सहस्रधारामा एक महिलाको शव फेलापरेको छ ।

कालीगन्डकी नदीको पर्वततर्फको किनारमा बिहीबार बिहान सो शव भेटिएको हो ।

अन्दाजी ४०/४५ वर्ष उमेरको मंगोलियन अनुहारजस्तो देखिने मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

सो शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

बुधबार दिउँसो कालीगन्डकीमा ठूलो बाढी आएको थियो ।