 
	    स्याङ्जा (सागर न्यौपाने) । स्याङ्जामा आलुको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले आलु तथा कृषि प्रदर्शनी आयोजना गरिएको छ । स्याङ्जामा पछिल्लो समय अन्य खेती घट्दै जाँदा आलु खेतीतर्फ किसानको आकर्षण बढेको देखिन्छ ।
आलुको स्वादिष्ट परिकार खाउँ’, ‘आलु एक, परिकार अनेक’ ‘दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य बीउमा आत्मनिर्भर भन्ने मूल नारासहित स्याङ्जाको गल्याङमा दोस्रो आलु तथा कृषि प्रदर्शनी महोत्सव सञ्चालन भएको छ । करिब पाँच सय रोपनी क्षेत्रफलमा दुई सय बढी कृषक र एकल आलु खेतीको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
गण्डकी प्रदेश सांसद महेश भट्टराईले बीउ खरिदमा ७५ प्रतिशत, उपकरण खरिदमा ५० प्रतिशत, विषादी खरिदमा सश प्रतिसत र सिंचाइका लागि ८५ प्रतिशत भन्दा बढी अनुदान प्रदेश सरकारले गरेको बताउनुभयो । यस कार्यले जिमुहाँका कृषकको जीवनस्तरमा सुधार आएको उहाँको दाबी छ ।
गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको तीन दिन दिने आलु महोत्सवमा आलु पारखीले १० भन्दा बढी प्रकारका स्वाद चाख्न पाएका छन् । जिल्लाका करिब १० हजारले कृषि मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । कृषि महोत्सवमा विभिन्न प्रजातिका आलु प्रदर्शनी, गुराँसको जुस, ताजा तरकारी तथा बिउ बेर्नादेखि आधुनिक कृषि उपकरणसम्मको प्रदर्शन एवं बिक्री गरिएको छ । महोत्ससंगै कृषक निकै खुसी भएका छन् ।
आलुलाई पकेट र मुख्य नगदेबालीको रूपमा विकास गर्न पनि महोत्सव फलदायी हुने विश्सास गरिएको छ । यस वर्ष एघार सय २० हेक्टरमा लगाइएको बालीबाट करिब २२ हजार चार सय मेक्ट्रि टन आलु उत्पादन हुने अनुमान गरिएको छ । जिमुहाँ क्षेत्र आलु उत्पादनका लागि नेपालकै उत्कृष्ट ठाउँभएको दाबी गरिएको छ । यहाँ उत्पादित आलु १४ जिल्लामा निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो ।
आलुको माग एवं खपत बढ्दो र आपूर्ति कम हुँदै गएपछि आलुखेतीका लागि उपयुक्त मानिएको गल्याङमा कृषक आलु खेती तर्फ आकर्षित हुँदै गएका हुन् । तीनवटै सरकारले स्थानीय प्रविधि मार्फत किसानहरूलाई अनुदानसहित प्राविधिक सहयोग गरे कृषि प्रणालीमा सुधारसंगै उत्पादकत्व बढ्ने निश्चित छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्