
एजेन्सी । भारतमा खाना पकाउने ग्यासको मूल्य घटाइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गर्नुभएको छ ।
द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्