 
	    धादिङ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित घाटबेशीनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
हालसम्म बसमा ३८ जना यात्रुको सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदन कुँवरले जानकारी दिनुभयो । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उँहाले बताउनुभयो ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले यात्रुको उद्धार कार्य गरिरहेको छ ।
लु २ ख २१२१ नम्बरको बस धाधिङको गजुरी गाउँपालिका– ५ मा पृथ्वी लोकमार्गबाट त्रिशुली नदिमा आज बिहान ५ बजे बस अनियन्त्रित भइ त्रिशुुली नदीमा खसेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्