Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


ओखलढुंगामा लोप हुँदै फापर


208
Shares

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ ।

व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोप हुने अवस्थामा पुगेको हो ।

जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । गाउँ-गाउँमा चामल लगायतका खाद्यवस्तुको सहज उपलब्धतासँगै फापर खेती हराउँदै गएको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका किसान हरिबहादुर वाग्लेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गरेको छ । औषधीय गुण भएको फापरको उत्पादन सीमित हुँदा जिल्लाका हाटबजारमा माग उच्च छ । शहरी क्षेत्रमा फापरबाट रोटी, ढिँडोलगायतका परिकार तयार गरी खाने चलन बढ्दैगए पनि फापर खेती गर्ने किसानको संख्या भने घट्दै गएको छ ।