४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


न्यायाधीश दीपकराज जोशीलाई इजलास तोकियो


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश दीपकराज जोशीलाई इजलास तोकेको छ ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अनुमोदन नगरेपछि विदामा बसेका जोशी सोमबार अदालतमा हाजिर भएका थिए ।

उनलाई दुई दिनसम्म इजलास तोकिएको थिएन । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जोशीलाई दुई सार्वजनिक हितका निवेदन र एउटा उच्च अदालत डोटीको आदेशविरुद्व उत्प्रेषण माग भएको रिटका लागि एकल र संयुक्त इजलास तोकेका छन् ।

जोशी हिजो फुल बेन्चको बैठकमा समेत सहभागी भएका थिए ।