१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


समुदायमा कांग्रेस अभियान सुरु


156
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।

यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधि चयन गरेर खटाइसकेको छ । पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको हो ।

पहिलो चरणको अभियान माघ २६ गतेसम्म सञ्चालन हुँदै छ । अभियान देशभरका ७ सय ५३ स्थानिय तहका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ ।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसक्नुभएको छ ।