
बिर्तामोड, भदौ २७ । दमकका व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न एकजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी प्रहरीले गौरीगन्ज गाउँपालिका–६ का २८ वर्षीय सद्दाम हुसेनलाई सार्वजनिक गरेको हो ।
पौडेलको हत्या आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो ।
पौडेल र हुसेनबीच लेनदेनको समस्या रहेको र लामो समयसम्म रकम फिर्ता नपाउँदा हुसेनले पौडेलको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
झापा, कमल गाउँपालिका–४ घर भइ दमकमा कपडा पसल सन्चालन गरिरहेका ३८ वर्षीय पौडेलको शव मंगलबार बिहान ८ बजेतिर देवीगन्जमा फेलापरेको थियो ।
प्रतिक्रिया दिनुहोस्