भैरहवा, भदौ २७ । छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको भन्दै भैरहवाका सडकमा रहेका चौपायालाई नियन्त्रणमा लिइ गौशाला पठाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिद्धार्थनगर नगरपालिका र रोट्रर्याक क्लब अफ भैरहवाको संयुक्त पहलमा सडकका छाडा चौपाया नियन्त्रणमा लिइ शंकरनगरस्थित गौशालामा पठाइएको हो ।
छाडा चौपायाका कारण बाधा उत्पन्न भइ सडक जाम हुने र पछिल्लो समयमा छाडा चौपायाका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बिहानैदेखि सुरु गरिएको सो अभियानअन्तर्गत् भैरहवामा सडकका विभिन्न ठाउँबाट ५०/६० ओटा छाडा गाईवस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पशुचौपायलाई छाडा छाड्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याइने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्