Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यू


4k
Shares

सर्लाही । सर्लाहीको बरहथवा क्षेत्रमा शुक्रबार साँझ साढे ५ बजेबाट कर्फ्यू जारी छ ।

जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा साँझ साढे ५ बजेबाट शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।