१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध छ : मन्त्री साउद


52
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताउनु भयो ।

नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताउनु भयो ।

पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रुपमा देखिएको छ । यो प्रतिवेदनले पनि उल्लेख गरेको बताउँदै उहाँले यसले गर्दा केही ढिलो हुने भन्ने आशंका गरेपनि सरकारको इमान्दार प्रयास निरन्तर रहने दाबी गर्नु भयो ।

कार्यक्रममा संयुक्त, राष्ट्रिय संघ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताउनु भयो । साथै प्रतिवेदनको निस्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताउनु भयो । यो प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढंगले सोच्नुपर्ने अवस्था आएको आइसानेको भनाइ थियो ।