१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट


130
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।

यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो । बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारका लागि मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने जनाइएको छ ।

साथै सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रचार विभागले जनाएको छ ।