१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


छैटौं राष्ट्रिय झण्डा दिवस


741
Shares

काठमाडौं । आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । झण्डा दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज काठमाडौंको वसन्तपुरबाट ¥याली निकालेको थियो ।

२०१९ साल पुष १ गते संयुक्त राष्ट्रसंघले नेपालको झण्डालाई मान्यता अंगीकृत गरेको तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोले आजको दिन यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ ।

केही समय यता नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको जनाइएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।