Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज चुनाव चिन्ह प्रदान गरिँदै


195
Shares

काठमाडौ. । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ ।

गत शुक्रबारसम्म १२ दलले दल दर्ता गर्न निवेदन दिएका थिए । दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दल दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यमा २० पद रिक्त हुँदैछ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायत रहेका छन् ।