
हंगेरी, भदौ २७ । हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले युरोपेली संसद्को आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओर्बानले युरोपेली संसद्ले आफ्नो देशको सम्मानमा ठेस पु¥याएको भन्दै आलोचना गरेका हुन् । युरोपेली संसद्ले हंगेरीले कानुनी शासन र युरोपेली संघका मूल्यमान्यताको उल्लंघन गरेको भन्ने आरोप लगाएको थियो ।
यस विषयमा संसद्मा बहस गर्ने तयारी भइरहँदा हंगेरीका प्रधानमन्त्रीले आफ्नो सरकारको धारणाको बचाउ गर्दै युरोपेली संसद्को आलोचना गरेका हुन् ।
युरोपेली सांसदहरूले आप्रवासनजस्ता मुद्दामा प्रधामन्त्री भिक्टोर ओर्बानको दक्षिणपन्थी सरकारका नीतिहरू युरोपेली संघका लागि जोखिमपूर्ण छन् कि छैनन् भन्ने विषयमा बहस गरिरहेका छन् ।
हंगेरी र प्रधानमन्त्री ओर्बानको पार्टीका बारेमा प्रतिवेदन तयारी पारेकी युरोपेली संसद्की डच सदस्य जुडिथ सार्जेन्टिनीले संसदीय बहसको थालनी गरेकी थिइन् । बैठकमा हंगेरीका प्रधानमन्त्री ओर्बानले ईयू र उक्त प्रतिवेदनको कडा आलोचना गरेका थिए । उनले त्यसलाई शक्तिको दुरुपयोग भन्दै उक्त प्रतिवेदनमा ३७ वटा गम्भीर तथ्यगत गल्तीहरू रहेको दाबी गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्