
काठमाडौं । शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आगामी पुस २६ गतेबाट प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
सशस्त्र द्वन्दको समयमा २०५८ साल पुस २९ गते तत्कालिन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह जिल्ला दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश क सभापति शुक्रराज तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई क्रमश प्रथम पुरस्कार दुई लाख रुपैयाँ, द्वतीय एक लाख, तृतीय ५० हजार र सान्त्वना ३० हजारसहित शिल्ड मेडल र पमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको अवधिमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा वुहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्