२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अव्यवस्थित फुटपाथ बजार हटाउँदै ललितपुर महानगर


2.145k
Shares

काठमाडौं । ललितपुर महानगरले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क तथा बजार र लगनखेलबाट फुटपाथ पसल हटाउन शुरु गरिएको छ ।

ललितपुर महानगरपालिका– १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका यी स्थानहरुको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनको सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको जानकारी दिनुभयो । अध्यक्ष महर्जनले लगनखेल बसपार्क अब बसस्टप मात्र रहने समेत बताउनु भयो ।

वडा एवं महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी सामग्री प्रदर्शनका लागि बनाएका फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गर्ने कार्य पनि थालेको हो ।

महानगरको यस कार्यबाट सन्तुष्ट भएका स्थानीयले महानगरकै अनुमतिमा साँझ परेपछि सडकका साथै बसपार्क समेत साँगुरिने गरी राखिने फुटपाथ पसल प्रमुख समस्याको रुपमा रहेको बताएका छन् ।

अध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी बिक्री बाहेक अन्य सबै फुटपाथमा र बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताउनु भयो ।

यसअघि पनि महानगरपालिकाले यस्ता पसलहरु हटाउने कार्य थालेपनि कार्यान्वयन पक्ष फितलो हुँदा मौसमी प्रयास जस्तो मात्र देखिएको थियो ।

यसपटक भने वडा नं.१९, वडा नं.१२ तथा महानगर प्रहरी बलले स्थानीयको सहभागितामा मंसीर २४ गतेदेखि ठाउँठाउँमा ब्यानर राखेर
¥यालीहरु आयोजना गर्ने र फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे व्यापक प्रचार गरेको थियो ।