२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपालमा उत्पादित रेडबुलको बिक्री सुरु


4.004k
Shares

काठमाडौं । खेतान समुह अन्तर्गतको सरस बेभरेजेजले थाइल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ ।

उक्त फ्याक्ट्री नेपालमा अति लोकप्रिय रेडबुलको विश्वकै चौथो फ्याक्ट्री भएको जनाइएको छ । नवलपुर स्थित फ्याक्ट्री उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरस बेभरेजेजको आफ्नै फ्याक्ट्रीबाट रेडबुलको उत्पादन शुरु गरेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

मन्त्री महतले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा निजि क्षेत्रको भरोसाप्रति सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभएको थियो ।

काठमाडौँमा रेडबुल पुनरागमनको कार्यक्रममा रेडबुल थाइल्याण्ड टीसिपीका सीईओ सरभूत युविध्याले विश्वका धेरै देशमा रुचाइएको रेडबुल नेपाली उपभोक्तामाझ पुनः ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।