Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नेपालमा लागुऔषध कारोबारमा महिलाहरु प्रयोग बढी : प्रहरी


468
Shares

काठमाडौं । नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको हो ।

नेपाल बार एशोसिएशन, महिला समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरुले त्यस्तो काम गर्दैनन् भन्ने विश्वासको आधारमा पनि उनीहरुलाई सो कारोबारमा बढी प्रयोग गरेको पाइएको बताउनुभयो । उहाँले नेपालमा लागुऔषध प्रयोगकर्ताहरु बढ्नुमा आर्थिक समस्या नै मुल कारण भएको बताउनुभयो । साथीभाईको संगतले पनि त्यसमा नाबालक, नाबालिकाहरु यसमा संलग्न हुने गरेको ब्युरोको निष्कर्ष छ ।

नेपालमा २०७६ सालको तथ्यांकअनुसार लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार पुगेको छ । जसमा महिला संख्या ८ हजार ७ सय रहेको छ । महिलाहरु एक्सपोज हुन नचाहने भएकाले पनि उनीहरुको तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।