२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


‘अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंसा अन्त्य हुर्नुपर्छ’


91
Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगका आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाले अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंंसा अन्त्य हुन पर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले शुक्रबार नेपाल अपाङ्ग सघ खगेन्द्र नवजिवन केन्द्र कार्यालयमा महिला हिंसा न्युनिकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रममा आयुक्त खतिवडाले सो बताउनुभयो ।

उहाँले अपाङ्ग सघंमा पहिलादेखि हुँदै आएको अनियममितता बारेमा सबन्धित निकायले हेर्न पर्ने बताउनुभयो ।

कार्यक्रममा कर्यपत्र प्रस्तुत गर्ने क्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरुले न्यायलयले ढिलो सुनुवाइ हुने हुँदा महिलाहरु पिडित भएर बस्नु पर्ने बाध्यताको अन्त्य हुन पर्ने कुरामा जोड दिएको थियो ।

कार्यक्रममा उपस्थित खगेन्द्र नवजिवन केन्द्रमा बस्दै आएका अपाङ्गता भएका हरुले संघका पदाधिकारीहरुबाट भएको ज्यादती अन्त्य हुनु पर्ने भन्दै आवाज उठाएका छन् ।