४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


‘दीपकराज जोशीले न्यायाधीशकारुपमा काम गर्नसक्छन्’ (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/मीरा बस्नेत/दिलिप पोखरेल/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २६ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीश बन्नबाट बन्चित गरिएका न्यायाधीश दीपकराज जोशीले सोमबार राति नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गरे ।

आफूभन्दा पछिल्लो वरीयताका मिश्रलाई प्रधानन्यायाधीश बनाइएपछि न्यायाधीश जोशीले के गर्लान् भन्ने कौतुहलता मेट्दै जोशीले सर्वोच्च अदालतमा फर्केर काम गर्ने संकेत पनि गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि बिदामा बस्दै आएका न्यायाधीश जोशी मंगलबार सर्वोच्च अदालतमा हाजिर भए । तर, उनले मंगलबार कुनै मुद्दा भने हेरेनन् ।

झन्डै दुई घन्टा जति सर्वोच्चमा बसेर जोशी फर्किएको अदालत स्रोतले जनाएको छ ।

तर, प्रधानन्यायाधीशले पेसी तोकेको अवस्थामा मुद्दा हेर्नेगरी जोशी काममा फर्किएकामा भने शंका छैन ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले न्यायाधीश जोशी काममा फर्कनु सामान्य प्रक्रिया हो भन्दै जोशीलाई काम गर्न व्यवधान नहुने स्पस्ट पारे ।

सर्वोच्च अदालतमा एकलभन्दा पनि संयुक्त इजलासहरु बढी हुने भएकाले जोशीबाट सही ढंगले नै न्याय सम्पादन हुनेमा पनि शंका गर्नुपर्ने अवस्था नरहने कर्णको धारणा छ ।

यता, सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी पनि संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीशमामात्रै अयोग्य ठहर गरेको भन्दै जोशीले न्यायाधीशकारुपमा काम गर्नसक्ने बताउँछन् ।

न्याय सम्पादन गर्दा जोशीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँगको सहकार्यमा गर्न जरुरी हुने पूर्वन्यायाधीश केसीको सुझाव रहेको छ ।

भिडियो हेर्नुहोस्