
रविन भट्टराई (इमेज)
बिर्तामोड, भदौ २६ । झापाको गौरीगन्ज गाउँपालिका–६, देवीगन्जमा मंगलबार बिहान मृत अवस्थामा फेलापरेका व्यापारी खेमराज पौडेलको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पौडेल हत्याको आरोपमा गौरीगन्ज गाउँपालिका–६ का २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, कमल गाउँपालिका–४ घर भइ दमकमा कपडा पसल सन्चालन गरिरहेका ३८ वर्षीय पौडेलको शव मंगलबार बिहान ८ बजेतिर देवीगन्जमा फेलापरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पौडेल र हुसेनबीचको लेनदेनको विषयलाई लिएर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
पौडेलको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्