४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


नारायणगढ–मुग्लिन सडक १८ घन्टापछि एकतर्फी खुल्यो


0
Shares

चितवन, भदौ २६ । नारायणगढ–मुग्लिन सडकखन्ड १८ घन्टापछि एकतर्फी सन्चालनमा आएको छ ।

मंगलबार बिहान करिब १ः३५ बजेदेखि अवरुद्ध बनेको सडक मंगलबार साँझ ६ः४० बजेदेखि सन्चालनमा आएको हो ।

चितवनको चारकिलो भन्ने स्थानमा खसेको पहिरो एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

यसअघि, १७ किलो, घुमाउनेलगायतका स्थानमा खसेको पहिरो सबै हटाइएको थियो ।

रातिदेखि नै सडक अवरुद्ध भएका कारण सवारी चाप हुँदा लेनअनुसार अघि बढ्न सवारीचालकहरुलाई आग्रह गरिएको प्रवक्ता डीएसपी ढकालले बताए ।