Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


इजरालयमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो


234
Shares

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका दशैं जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गएराति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँले इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको तर बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको बताउनुभयो ।

दक्षिणी इजरायलमा गत असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

आक्रमणमा डोटी लामीखाल–८ का पदम थापा, सल्यान सारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको मृत्यु भएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।