
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडित पक्षलाई राहत दिँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।
सांसद खतिवडाले ठूल्ठूला समस्या समाधान गरेका राजनीतिक दलहरुले सो कामलाईलाई पूर्णता दिन पनि ढिलाई नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ततकालीन विद्रोही नेता पुष्पकमल दाहाल आफँै प्रधानमन्त्री भएकाले पनि यो समस्या समाधानमा ढिलाई नहुने तर्क समेत गर्नुभयो । सांसद खतिवडाले द्वन्द्व पीडितलाई राहत दिने कुरामा पनि ढिलाई गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्