३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


महासचिव गुटेरेसले संसदमा गर्नुभएको सम्बोधन धेरै राम्रो : अध्यक्ष ओली


1.196k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताउनुभएको छ ।

मंगलबार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गर्नुभएको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राख्नुभयो । गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषदको सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताउनुभयो । उहाँले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिव देशहरुलाई सम्पन्न देशहरुले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताउनुभयो ।