१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान


1.339k
Shares

काठमाडौं । इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पनि पहिचान भएको छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो ।

दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको हो । पहिचान भएका सबै शव आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।